ललिता निवास जग्गा प्रकरणमा थप ४ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो ।
ब्यूरोले सोही प्रकरणमा केहीबेर अघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका गरुङसहित चार जना ललिता निवासको सरकारी कागजात किर्तेमा मुछिएका छन् ।
प्रतिक्रिया