काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्। उनले काठमाडौंस्थित विमानस्थल अध्यागमन कार्यालयमा चीनबाट नेपाल आएको विवरण टिपाए पनि उनी खासमा जापानबाट काठमाडौं आइपुगेको जनाइएको छ ।
विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफू चीनबाट नेपाल आएको विवरण टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनी चार्टर विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनीसहित सात जना चिनियाँ चढेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
एसियाकै धनाढ्य ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका छन् । उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन्। उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन्।
प्रतिक्रिया