Logo

घुमफिर

पर्वतारोही पूर्णिमा श्रेष्ठ माउन्ट केटूको शिखरमा


GDP Nepal
   ११ श्रावण २०८०, बिहिबार


काठमाडौं । पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानको माउन्ट केटू हिमाल सफलतापूर्वक आरोहण गरेकी छन् ।

श्रेष्ठले बिहीबार सफल आरोहण गरेकी हुन् । पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउन्ट केटूको उचाई ८ हजार ६११ मिटर अर्थात २८ हजार २५१ फिट रहेको छ ।

करिब डेढ महिनादेखि पाकिस्तानमै रहेकी श्रेष्ठको आरोहण कठिन मौसमका कारण लम्बिएको थियो । अब पूर्णिमा र उनको टोली आधार शिविरमा सुरक्षित अवतरण गर्ने क्रममा रहेको आरोहणको व्यवस्थापक एटके एक्सपिडिसनले जनाएको छ ।

श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अन्नपूर्ण लगायतका शिखर आरोहण गरिसकेकी छन् ।

गोरखा आरुघाटकी श्रेष्ठ पर्वतारोहणसँगै फोटो पत्रकारिता पनि गर्दछिन् ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह