Logo

बैंक / बिमा /शेयर

एक वर्षमा १० प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा


GDP नेपाल
   १२ श्रावण २०८०, शुक्रबार


सिटिजन्स बैंकले अर्थिक वर्ष २०७९/८० मा २ अर्ब २१ करोड ४४ लाख २५ अजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १०.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १७.३० प्रतिशतले र सञ्चालन नाफा १३.४२ प्रतिशतले वृद्धि गर्दै क्रमशः ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ र ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कमाएको छ ।

यस्तै, बैंकको खराब कर्जा दर बढेको छ । अघिल्लो आर्थिक वर्षमा औषत २.२२ प्रतिशत रहेको बैंकको खराब कर्जाको दर २०८० असार मसान्तसम्ममा बढेर ३.१९ प्रतिशत पुगेको छ ।

समीक्षा वर्षमा सिटिजन्स बैंकको वितरण योग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ भने बैंकको रिजर्भ कोष २४.५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४७ लाख नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह