Logo

बैंक / बिमा /शेयर

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १२ श्रावण २०८०, शुक्रबार


महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्री खुला भएको छ । लघुवित्तले ४ हजार ९२० कित्ता संस्थापक शेसेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०१ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले आवेदनमा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी न्यूनतम ५०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

उक्त सेयर खरिद गर्न इच्छुकले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह