Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंककाे खुद नाफा ९ प्रतिशतले बढ्यो


GDP नेपाल
   १७ श्रावण २०८०, बुधबार


गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्तिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९ प्रतिशत ले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यता, माछापुच्छ्रे बैंकको लाभांश वितरण गर्ने क्षमता १५.२९ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९.९१ प्तिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ । खराब कर्जा १.०८प्रतिशतले बढेर २.१२ प्रतिशत पुगेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह