सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा २५.१३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १५.३४ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७३ प्रतिशत छ ।
एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।
प्रतिक्रिया