गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
असारसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन नाफा ७५.३७ प्रतिशतले बढेको छ । चौथो
त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ३६.६१ प्रतिशतले बढोत्तरी गरेर ३ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ १८ पैसाले बढेर २७ रुपैयाँ ८२ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा छ ।
प्रतिक्रिया