Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकको खुद नाफा ४८.५४ प्रतिशतले बढ्यो


GDP नेपाल
   २१ श्रावण २०८०, आइतबार


गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफामा ४८.५४ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेपछि नाफामा २ अर्ब ८२ करोड खुद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब ९० करोड नाफा कमाएको थियो ।

बैंकले यस अवधिसम्म १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकले ५ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कर्जा विस्तार ६३.८५ प्रतिशत बढी छ। निक्षेप संकलन पनि ६१.८२ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ । यस्तै, खराब कर्जा ४.१६ प्रतिशत छ। त्यस्तै, प्रोभिजनिङको लागि बैंकले २ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको छ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह