Logo

बैंक / बिमा /शेयर

सेयर बजार राताम्मे, ३८ अंकले घट्यो नेप्से


GDP नेपाल
   २१ श्रावण २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३८.३७ अंकले घटेर दुई हजार ०५१.४७ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, विकास बैंक ९७, फाइनान्स ६२, होटल तथा पर्यटन २०१, जलविद्युत् ४४, जीवन बीमा २३७, उत्पादन ८४, अन्य उपसमूह १७, व्यापार ६८, माइक्रोफाइनान्स ६१ र निर्जीवन बीमा २२२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आइएमई लाईफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २६५ कम्पनीका ८० लाख कित्ता सेयर दुई अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । 

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह