गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंक लिमिटेडले ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४७.९५ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै, समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ०.४५ प्रतिशतले बढेर १ अर्ब ९० करोड १७ लाख ४९ हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८९ करोड ३१ लाख ८१ हजार रूपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन मुनाफा ४२.५७ प्रतिशतले घटेर ७१ करोड ५७ लाख ७९ हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा १ अर्ब २४ करोड ६३ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २ करोड ६७ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रूपैयाँ २७ पैसाले घटेर ११ रूपैयाँ २९ पैसामा घटेको छ । प्रतिसेयर नेटवर्थ १५६ रूपैयाँ ६५ पैसा रहेको छ ।
प्रतिक्रिया