Logo

Banner-news

एलडीसी स्तरोन्नतिका लागि व्यापार र लगानीमा विविधीकरण आवश्यक: ईयु राजदूत नोना डेप्रेज


GDP नेपाल
   २३ श्रावण २०८०, मंगलबार


काठमाडौं ।

नेपालका लागि युरोपियन युनियन प्रतिनिधिमण्डलको प्रमुख एवम् राजदूतका रुपमा हालै आफ्नो कार्यकाल पूरा गरेकी नोना डेप्रेजले व्यापार र लगानीको विविधिकरणले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति गर्ने प्रक्रियामा सहयोग पुग्ने बताएकी छन् । 

युरोपियन इकोनोमिक चेम्बर (ईईसी)ले हालै राजधानीमा आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले व्यापारमा गरिने विविधीकरणले नेपाली अर्थतन्त्रलाई थप सबल बनाउने बताइन् । 

उनका अनुसार अल्पविकसित राष्ट्रको हैसियतबाट हुने स्तरोन्नतिलाई दिगो बनाउनका लागि आवश्यक पर्ने मानव पुँजी निर्माण, व्यापारिक नेगोसिएशन, मर्यादित कार्य एजेन्डा र द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा समाहित गर्न नेपाललाई निरन्तर सहयोगको आवश्यकता रहेको छ । 

नेपाल सन् २०२६ मा एलडीसीबाट ‘विकासशील मुलुक’ मा स्तरोन्नति हुने क्रममा रहेकाले संक्रमणलाई सहज बनाउन विभिन्न देश र बहुपक्षीय विकास साझेदारहरूले सहयोग गरिरहेका छन् । सो प्रक्रियालाई सहज र प्रभावकारी बनाउन एवम् स्तरोन्नतिपछिको अवस्थामा नेपालको निर्यातलाई दीगो बनाउन युरोपेली संघले सहयोग गरिरहेको छ ।  त्यसका लागि उसले सरकार र निजी क्षेत्रका संस्थाहरुसँग मिलेर काम गरिरहेको छ । 

WhatsApp Image 2023-08-08 at 1.45.44 PM.jpeg

डेप्रेजका अनुसार युरोपेली संघले नेपाललाई साना तथा मझौला उद्यममा लगानी आकर्षित गर्न, एक द्वार सेवा केन्द्रलाई प्रभावकारी बनाउन र युरोपेली मुलुकहरुबाट लगानी भित्र्याउन सहयोग गरिरहेको छ । 

अर्थतन्त्रमा महिलाको सहभागिता युरोपेली संघका लागि पनि उत्तिकै महत्वपूर्ण चासोको विषय भएको उनले बताइन् । उनका अनुसार श्रमशक्तिमा एक चौथाइ महिला मात्र सहभागी भएसम्म वा अनौपचारिक क्षेत्रमा मात्र महिलाहरु सिमित हुँदासम्म नेपालले स्नातक तहलाई दिगो बनाउने क्रममा अवसरहरु गुमाउने छ । 

कार्यक्रममा बोदै ईईसीका अध्यक्ष नारायण बजाजले मानवीय प्रयास, द्विपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा दिगो र समावेशी वृद्धिमा डेप्रेजको संलग्नताको प्रशंसा गरे । 

उनले नेपालको व्यापार र लगानीको परिदृश्यलाई सुदृढ गर्न संघ महत्वपूर्ण साझेदार भएको बताए । द्विपक्षीय व्यापारमा उल्लेख्य वृद्धि भएको छ, र संघ नेपालको सबैभन्दा महत्त्वपूर्ण व्यापार साझेदारहरू मध्ये एक रहेको छ, जसले आर्थिक वृद्धि र रोजगारीका अवसरहरूको लागि मार्ग प्रशस्त गरेको छ, उनले भने । 

पश्मिना र कफीको क्षेत्रमा आर्थिक सहयोग, पैरवी क्षमता अभिवृद्धि, व्यापार सुविधा र क्षमता अभिवृद्धि, ट्रेड पोर्टलको विकास लगायतका क्षेत्रमा युरोपेली संघले सहयोग गर्दै आएको छ ।

बजाजले नेपाललाई पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र कृषिका साथै जलवायु परिवर्तन र नवीकरणीय ऊर्जाका क्षेत्रमा विकास सहायता उपलब्ध गराउनमा ईयू अग्रपंक्तिमा रहेको बताए ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह