Logo

Sub-banner

नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध


GDP नेपाल
   ३१ श्रावण २०८०, बुधबार


नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध रहेको बताउनुभएको छ ।

असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल)को काठमाडौंमा  आयोजना गरिएको पाँचौँ वार्षिक साधारणसभा र सम्मेलनमा उहाँले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध र अष्ट्रेलियन एजुकेशनको नेपाल र नेपालीलाई सकारात्मक प्रभाव पारेको पनि बताउनुभयो ।

कार्यक्रममा एरी नेपालका अध्यक्ष महेश बाबु तिमाल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिलाई अनुबन्धित गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो ।

प्रस्तुतिमा विश्वस्तरीय अस्ट्रेलियाली शैक्षिक प्रणाली र यसले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा जुममार्फत् जोडिँदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले पाँचौँ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गर्नुभयो ।

WhatsApp Image 2023-08-16 at 3.15.59 PM.jpeg

अष्ट्रेलियन हाई कमिसन न्यू दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नती र द्विपक्षीय सम्बन्धबारेमा प्रकाश पार्दै एरी नेपालको पाँचौँ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गर्नु भयो ।

अष्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरूका लागि मार्गनिर्देशन विषयक प्यानल डिस्कसनसमेत आयोजना गरीएको थियो ।

प्यानल डिस्कसनको मोड्रेसन एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माद्वारा संचालन गरीएको थियो। उक्त प्यानल डिस्कसनमा प्यानलीष्टको रूपमा उज्ज्वल श्रेष्ठ (पन्चाकन्या ग्रुपका कार्यकारी निर्देशक), सम्बृद्धि क्षावाली (नेपाल रिपब्लीक मिडिया), अनन्त पौड्याल (आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक) र खेम लकाई (गेट कलेजका संस्थापक) हरूले आफ्नो धारण व्यक्त गर्नु भएको थियो । छलफलमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा गहिरो प्रभावका बारेमा छलफल गरिएको थियो ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह