Logo

मुख्य समाचार

ललितानिवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता


GDP नेपाल
   १० भाद्र २०८०, आइतबार


बालुवाटारस्थित प्रधानमन्त्रीनिवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो।

यस्तै, जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइएकाहरुलाई जग्गा किर्तेको अभियोग भने लगाईएको छैन् । तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह