Logo

अर्थनीति

विश्व बैंकबाट ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय


GDP नेपाल
   ३१ भाद्र २०८०, आइतबार


सरकारले अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘अर्थमन्त्रालयको प्रस्तावमा अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, मोरोकोको मारकेशमा आयोजना हुने विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्राको कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्विकृत दिने निर्णय भएको छ’

उनले राष्ट्रि संचाई नीति, २०८० स्वीकृत गर्ने र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको बताईन् । 

यस्तै, बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय गरेको छ । यसका साथै राष्ट्रि संचाई नीति, २०८०, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको छ ।

गृहमन्त्रालय अन्तरगतमा अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र विभागमा २०८०, ८१ का लागि २१ वटा अस्थायी दरबन्दी स्विकृत गर्ने, तीन जना स्वास्थ्य प्रहरी अतिरिक्त महानिरिक्षक सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह