Logo

अर्थनीति

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडिबीको प्रक्षेपण


GDP नेपाल
   ३ आश्विन २०८०, बुधबार


चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एशियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।

बुधबार एशियन डेभलपमेन्ट आउटलूक सार्वजनिक गर्दै एडीबीले गत वर्ष गरिएको आयात कडाईका कारण चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर सामान्य रहने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा भने १.९ प्रतिशत मात्रै आर्थिक वृद्धिदर भएको अनुमान छ । सरकारले भने यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो।

यस्तै, एडीबीले यस वर्ष मूल्य वृद्धि ६.२ रहने अनुमान गरेको छ । गत आर्थिक वर्षमा मूल्य वृद्धि ७.७ प्रतिशत थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतभित्र मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह