Logo

अर्थनीति

वैदेशिक व्यापार निराशाजनकः आयात–निर्यात दुवै घट्यो, व्यापारघाटा २ खर्ब ३३ अर्ब


gdpnepal
   ७ आश्विन २०८०, आइतबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म वैदेशिक व्यापार निराशाजनक अवस्थामा रहेको छ ।

साउन र भदौ दुई महिनामा वैदेशिक व्यापारका सबै उपसूचकांकहरुको वृद्धिदर नकारात्मक छ ।

निर्यात व्यापार सबैभन्दा बढी अर्थात ७.७९ प्रतिशतले घटेको छ । चालू आवको दुई महिनामा निर्यात २६ अर्ब ४४ करोड ७० लाखमा सीमित छ भने आयात पनि ५.०६ प्रतिशतले घटेको छ ।

भदौसम्ममा मुलुकमा २ खर्ब ५९ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरका सामग्रीहरु आायात भएका छन् भने यो अवधिमा २ खर्ब ३३ अर्बको व्यापारघाटा भएको छ ।

व्यापारघाटा ४.७४ प्रतिशतले कमी देखिएको यस अवधिमा कूल वैदेशिक व्यापारको आकार समेत बढ्न सकेको छैन । दुई महिनामा २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह