Logo

मुख्य समाचार

नेपाल र चीनबीच १३ बुँदे समझदारी


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेजिङस्थित ग्रेट हल अफ दि पिपलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्तार भएको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीबीच एक समझदारी र १२ वटा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सो अवसरमा कृषि तथा पशुपंक्षी, प्राविधिक, औषधीजन्य वस्तुको आयात निर्यात, नेपाली तथा चिनीयाँ पुस्तक अनवादलगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

त्यसैगरी डिजिटल इकोनोमी प्रवद्र्धन गर्ने विषय र ग्री ऊर्जा प्रवद्र्धन तथा कार्व उत्सर्जनमा कटौतिको विषयमा पनि दुई देशबीच समझादारी भएको हो ।

चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह