Logo

कर्पोरेट-बजार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो


GDP नेपाल
   १२ आश्विन २०८०, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८६५.२९ डलर र चाँदी प्रतिऔंस २२.८९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह