काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनलाई एकीकरण गर्न बनेको विधेयक २०७५ मा विदेशी लगानीका लागि प्रतिबन्धित क्षेत्रको सूची लम्ब्याइएको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कृषि तथा कृषिजन्य क्षेत्रमा विदेशी लगानी आवश्यक भए पनि सरकारले हर्टाको भन्दै आपत्ति जनाए । उनले विदेशी लगानी लागि प्रतिबन्धित क्षेत्रको सूची लामो भएकोमा पनि असन्तुष्टि जनाएका छन् ।
महतले भने– विदेशी लगानी आकर्षणको लागि सरकारले पूर्वाधारहरु तयार पार्नुपथ्र्यो । केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाइएको छ ।
महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको धारणा राखे । उनले भने– उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ । लगानीको लागि ऐन, कानुनहरु बनाएरमात्रै पुग्दैन, यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन ।
लगानी सम्मेलनको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो नभएको महतको बुझाइ छ । विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको उनको भनाइ छ ।
प्रतिक्रिया