Logo

कर्पोरेट-बजार

उद्योगमा विद्युत आपूर्ति सूचारु गर्न नेपाल समुद्रपार निकासी पैठारी संघको आग्रह


GDP नेपाल
   ११ पुस २०८०, बुधबार


नेपाल समुद्रपार निकारी पैठारी संघले उद्योगमा विद्युत आपूर्ति सूचारु गर्न आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार केही ठूला उद्योगहरुमा विद्युत् आपूर्ति रोकेको खबरप्रति ध्यानाकर्षण भएको बताउँदै संघले सो आग्रह गरेको हो । 

प्राधिकरणको यस कदमले उद्यमी व्यवसायीको मनोबल खस्किने जनाउँदै संघले विज्ञप्तिमा भनेको छ, “यस सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महशुल थप गरी बिल पठाएको र बिजुली उपभोग गरेको प्रमाण दिन नसकेको तर्क गरिरहेका बेला प्राधिकरणबाट उक्त गुनासो सम्बोधन नै नगरी लाइन काट्ने जस्तो गम्भीर कदम चालिनु अत्यन्तै दुखद् छ । यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघको निष्कर्ष छ ।” 

उद्योग, व्यवसायका लागि उपयुक्त वातावरण दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने सन्दर्भमा अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार र सरकारी निकायबाटै व्यवसायीलाई तर्साउने खालको कदम चालिँदा देशको सर्वांगीण विकासका लागि अति आवश्यक स्वदेशी र विदेशी लगानी प्रभावित हुने निश्चित रहेको संघले बताएछ । 

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह