Logo

मुख्य समाचार

८ अंकले घट्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार


GDP नेपाल
   १६ पुस २०८०, सोमबार


आइतबार सेयर बजार परिसूचक नेप्से ८.७५ अंकले घटेर दुई हजार ०६०.१५ विन्दुमा पुगेको छ ।

फाइनान्स १४, माइक्रोफाइनान्स ५, होटल तथा पर्यटन ९६, जलविद्युत् ४१, जीवन बीमा १८०, अन्य ५ र निर्जीवन बीमा उपसमूह ८६ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ०.१५, विकास बैंक ४.१९, उत्पादन ६३ र व्यापार उपसमूह १३ अंकले बढेको छ ।

आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सीईडीबी हाइड्रो, चिरख्वाखोला हाइड्रोपावर, नेपाल वेयरहाउजीङ कम्पनी र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०६ कम्पनीको एक करोड १८ लाख कित्ता सेयर ४ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह