कुमारी बैंकले साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । बैंकले लाभांश प्रस्ताव भने गरेको छैन ।
सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया