Logo

सेयर बजार

सेयर बजारमा २२ अंकको वृद्धि, २ अर्ब ९२ करोडको कारोबार


GDP नेपाल
   २७ फाल्गुन २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से २२.१० अंकले बढेर दुई हजार ०५२.६५ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ४२, फाइनान्स २५, माइक्रोफाइनान्स १५१, निर्जीवन बीमा १४२, अन्य ४, उत्पादन ६२, जीवन बीमा १८५, ब्यापार १८ र होटल उपसमूह ५८ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर उपसमूह ३ अंकले घटेको छ ।

आज विन नेपाल लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज चिरख्वा हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०४ कम्पनीको ७० लाख कित्ता सेयर २ अर्ब ९२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह