Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तको अध्यक्षमा तारा कुँवर निर्वाचित


gdpnepal
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुँवर चयन भएकी छन् ।

आइतबार सम्पन्न महिला लघुवित्त वित्तीय संस्था लिमिटेड संचालक समिति बैठकले कुँवरलाई अध्यक्ष निर्वाचित गरेको हो ।

कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालकहरु मध्ये अध्यक्षमा सर्वसम्मतले तारा कुँवरलाई चयन गरिएको कम्पनी सचिव कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।

यसअघि महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको तर्फबाट ४ जना सञ्चालकहरुको पदावधि समाप्त भएसँगै संस्थापक समूहका शेयरधनी मध्येबाट ४ जना सञ्चालक पदमा र्निविरोध पुनः निर्वाचित भएका थिए ।

सञ्चालक समितिमा तारा कुँवर (प्रतिनिधि, महिला अधिकार तथा विकास केन्द्र), माया भण्डारी (प्रतिनिधि, महिला अधिकार तथा विकास केन्द्र), सुभाष जमरकटेल (प्रतिनिधि, माछापुच्छ्रे बैंक) र डा. ईमान सिंह गुरुङ रहेका छन् ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह