Logo

कर्पोरेट-बजार

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह