Logo

कृषि / सहकारी

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ: मन्त्री साह


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागेकी छिन् । उनले सांसदहरुसँग सुझावका लागि आवहन गरेकी हुन् ।

सोमबार सिंहदरबारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सम्बन्धमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई कृषिमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ र बिदेशीएका युवाहरुलाई नेपाल फर्काएर स्वदेशमै रोजगारीको सृजना कसरी गराउन सकिन्छ भन्ने विषयमा सुझावको लागि आवहन गरेकी हुन् ।

उनले भनिन्, ‘कृषिमा कस्तो खालको योजना बनाएर जाँदा कृषिमा आत्मानिर्भर बन्न सकिन्छ । वा विदेशिएका युवालाई कृषिमै आत्मनिर्भर हुनेगरी कसरी स्वदेश फर्काउन सकिन्छ र रोजगारीमा समाहित भएर काम गर्न सकिन्छ भन्ने सुझावहरु कृषिमा आउनुपर्छ ।’

उनले देशमा उत्पादीत सामानहरु निर्यात कसरी गर्ने र आयातलाई प्रतिस्थापन गरी अन्त्य गर्ने काममा सांसदहरूले दिएको सुझावले सरकारको कार्ययोजनामा थप टेवा पुग्ने बताइन् ।

उनले भनिन्,‘हाम्रो कयौं उतपादन भएका सामानहरु निर्यात कसरी गर्ने भन्ने योजना बनाउनु पर्ने छ । हामीले आयातलाई कसरी प्रतिस्थापन गर्ने, कसरी अन्त्य गर्नेलगायतका विषयमा पनि मान्यज्युहरुबाट सुझाव आउँदा राम्रो हुन्छ ।’

नले दुग्ध उत्पादनलाई बढवा दिनका लागि बजारीकरण गर्न आवश्यक रहेको पनि बताइन ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह