Logo

कर्पोरेट-बजार

श्री एयरलाइन्सले ८० सीट क्षमताको दुई वटा जहाज नेपाल भित्र्यायो


GDP नेपाल
   १३ चैत्र २०८०, मंगलबार


श्री एयरलाइन्सले ८० सीट क्षमताको दुई वटा जहाज नेपाल भित्र्याएको छ । एयरलाईन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन 9N-AOK र 9N-AOL थपेको हो ।

यस अघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाजमा जडित इन्जिन अन्य जहाजहरु भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निमिति PWI50A अत्यन्तै भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

उक्त जहाजहरु श्री एयरलाइन्सका पाइलटहरुद्वारा अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसलैण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुदै अंदाजी १० हजार माइलको दुरी पार गर्दै आज त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पुरा गरी उक्त विमानहरुबाट श्री एयरलाइन्सले आफ्ना आन्तरीक सेवाको गन्तव्यहरुमा उडान थप गरी सेवा सुचारु रुपले संचालन गर्दै जाने बताइएको छ ।

 

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह