काठमाडौँ । सरकारले समयमै काम नसक्ने २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायको सिफारिसमा २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । जसमा यी कम्पनीहरुलाई एक वर्ष देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
प्रतिक्रिया