Logo

मुख्य समाचार

नेपालगञ्ज भन्सारबाट ११ अर्ब ५९ करोड राजस्व सङ्कलन


GDP नेपाल
   १९ चैत्र २०८०, सोमबार


जानकी । नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।

गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएको छ भने चालु आवको फागुनसम्म रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर राजस्व सङ्कलन भएको छ ।

यस वर्षको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ भने गत वर्ष दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ ।

फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर राजस्व सङ्कलन भएको अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । जसको लक्ष्यको ६१.७४ प्रतिशत सङ्कलन भएको छ ।

उहाँका अनुसार यसवर्षको फागुनसम्मको आयात रु ४६ अर्ब १७ करोड बराबरको सामान आएको छ । गत वर्षको फागुनसम्मको रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । यो ६.६१ प्रतिशतले बढेको बुझिएको छ । यो वर्षको फागुनसम्ममा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको छ । गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ ।

यस वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशतले सामान आयात भएको छ । सात प्रतिशत सामान चीन, इण्डोनेसिाया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसैवर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे रु दुई लाख राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकमाले बताउनुभयो ।

उहाँका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट मात्रै हुने गरेको छ । चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व सङ्कलन भएको हो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह