Logo

कर्पोरेट-बजार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ३१ हजार ६००


GDP नेपाल
   १९ चैत्र २०८०, सोमबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन मूल्य प्रतितोला १ लाख ३० हजार ९५० सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १२ हजार ८२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १२ हजार २२६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय १६ रुपैयाँ तोकेको छ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह