Logo

बिजनेस होम

‘१९औँ फेवा नव बर्ष महोत्सव’ चैत २९ गतेदेखि


GDP नेपाल
   २१ चैत्र २०८०, बुधबार


काठमाडौं । ‘१९औँ फेवा नव बर्ष महोत्सव’ यही चैत २९ गतेदेखि सुरु हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दै होटल संघ, पोखरा नेपालले ‘१९ औं फेवा नव बर्ष महोत्सव’ २०८१ यही चैत २९ गतेदेखि हुने जानकारी दिएको हो ।

‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव आयोजना गर्ने आयोजकले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको हो ।

‘पोखरालाई पर्यटकीय राजधनी घोषणा गरिए पश्चात् आयोजना हुन गईरहेको यस १९ औं फेवा नव बर्ष महोत्सवको तयारीमा संघ जुटेको पनि यहाँहरुलाई विधितै छ । यही चैत २९ गते देखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव वृहत रुपमा आयोजना गरिने छ ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

आयोजकका अनुसार कोभिड १९ पश्चात् पुर्ववत् अवस्थामा संचालन हुन नसकी थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने पनि अर्को उद्धेश्य महोत्सवले लिएको छ ।

महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन् भने गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन् ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह