Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै १ लाख ३४ हजार


GDP नेपाल
   २२ चैत्र २०८०, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको योे हालसम्मकै उच्च मूल्य हो । बुधबार चाँदीको प्रतितोला १६ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २९८ डलर र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह