Logo

बिजनेस होम

पर्यटन बोर्डले माग्यो सीइओ, यी हुन् न्यूनतम योग्यता !


gdpnepal
   २४ चैत्र २०८०, शनिबार


काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि आवेदन माग गरेको छ ।

गत माघ दोस्रो साता धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि रिक्त सिईओ पदका लागि शनिवार सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।

सिईओका लागि ३५ देखि ६० वर्षभित्रका योग्य नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

पर्यटन क्षेत्रमा १० वर्षको अनुभव भएको तथा स्नातकोत्तर गरेका आवेदकले ४ वर्षको बिजनेस प्लान पनि पेश गर्नुपर्नेछ ।

बोर्डको ३सदस्यीय छनोट समितिका अनुसार १२ दिनभित्र आवेदन दिइसक्नपर्नेछ ।

आवेदक फौजदारी अभियोग नलागेको र कुनै मुलुकमा बसोवास अनुमति नलिएको हुनुपर्नेछ ।

छनोट समितिले प्रक्रिया पूरा गरी सिफारिस गरेका तीन जनामध्ये एकलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह