Logo

कर्पोरेट-बजार

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै एक लाख ३६ हजार नाघ्यो


GDP नेपाल
   २६ चैत्र २०८०, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको भाउ बढेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह