Logo

अर्थनीति

अर्थतन्त्रमा संकट यथावत छ, सरकार र निजी क्षेत्र मिलेर समाधान गरौंः राजेन्द्र मल्ल


gdpnepal
   २७ चैत्र २०८०, मंगलबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रमा संकट यथावत रहेकाले सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

चेम्बरको ७३ औं साधारण सभामा अध्यक्ष मल्लले लक्ष्य अनुसार राजस्व संकलन नभएको एवं बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको उल्लेख गर्दै पूँजीगत खर्च ३० प्रतिशत मात्र रहेकाले आर्थिक संकट रहेको बताएका हुन् ।

“अहिले पनि विभिन्न कारणले आर्थिक लक्ष्य हासिल भएको छैन,” उनले भने ।

संसदमा विचाराधीन कानुन तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष मल्लले अर्थतन्त्र आयातमुखी रहेको भन्दै अध्यक्ष मल्ले तुलनात्मक लाभ भएका प्रविधि क्षेत्रमा विदेशी लगानी भित्र्याउन जरुरी रहेको बताए ।

साधारणसभामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पुँजी र व्यापार घाटालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै परम्परागत ढंगले सोचेर आर्थिक सामाजिक रुपान्तरण गर्न नसकिने बताए ।

“रेमिटेन्स, भन्सार र विदेशी सहयोगको अपेक्षा गरेर देश चलाउन सकिँदैन यसैले पुँजी निर्माण र व्यापार घाटा नैं कम गर्नु पर्छ,” उनले भने ।

“लगानीमैत्री वातावरण निर्माणका लागि कानुन के संशोधन गर्ने बजेटमा के के प्राथमिकता निर्धारण गरेर जाऊँ,” उनले भने, “जे आवश्यक छ त्यही गरेर अघि बढौ भन्ने मेरो प्रस्ताव छ ।”

आर्थिक समृद्धिलाई प्रमुख कार्यभार सम्झिएर सरकारले काम गरिरहेको दावी गर्दै उनले रेमिटेन्स, भन्सार राजस्व र विदेशी सहयोगको जगमा अर्थतन्त्र चलाउने सोच अब त्याग्नु पर्ने बताए ।

पुँजी निर्माण हुने क्षेत्रमा लगानी बढाएर आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको नीतिअनुसार काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले लामो समयेदेखि अर्थतन्त्र शिथिल भएको भन्दै यसको उपचारमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह