Logo

मुख्य समाचार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरूङ ब्रेक थु्रे कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।

सोमबारदेखि मुख्य सुरुङ वारपार हुने भएपनि त्यहाँ सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायत काम भने अझै बाँकी छन् । जसकारण सवारी साधन नै सञ्चालन हुने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनामा तीन वटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाइओभर रहेका छन् । आयोजनाले हाल बलम्बुमा फ्लाइओभर निर्माण गरिरहेको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह