Logo

मनोरञ्जन

क्रिकेटर सन्दीप लामिछानेलाइ टाटा मोटर्सको टिएगो कार


appharu
   १० जेष्ठ २०७५, बिहिबार


काठमाडाैं । इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो आज यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए । जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

प्रकाशित : १० जेष्ठ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह