काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले ४४ हजार १४३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले न्यूनतम ५६७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा मंसिर ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेश गर्न सकिनेछ ।
प्रतिक्रिया