Logo

बैंक / बिमा /शेयर

सानिमा बैंक र दराजबीच ‘दराज ११.११’ योजनाका लागि सहकार्य


GDP नेपाल
   २६ कार्तिक २०८१, सोमबार


काठमाडौँ । सानिमा बैंक र दराजबीच नोभेम्बर ११ देखि सुरु हुने ‘दराज ११.११’ योजनाका लागि सहकार्य भएको छ ।

बैंकका ग्राहकहरुले योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार पाँच सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रति वर्ष १३ प्रतिशतका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दी ९इएमआई० सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए।टि।एमहरु संचालनमा रहेका छन् ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह