काठमाडौँ । घोराही सिमेन्टले लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरि पुष २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो। सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १ः०.७५ वा ७५ प्रतिशत हकप्रदको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी चौथो वार्षिक साधारण सभामा अनुमोदन भएपछि यी हकप्रद सेयर निष्कासन आकस्मिक रुपमा हुने भएको छ ।
प्रतिक्रिया