Logo

कर्पोरेट-बजार

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा घट्यो


GDP नेपाल
   २८ माघ २०८१, सोमबार


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साल्ट ट्रेडिङ कर्पोरेसनले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १.२५ प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको व्यापार घटेर ४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, बिक्री लागत ६ अर्ब १३ करोडबाट घटेर ४ अर्ब २९ करोड १२ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको कर्मचारी खर्च १७ करोड ५० लाखबाट घटेर १५ करोड ९९ लाख रुपैयाँमा झरको छ । प्रशासनिक खर्च पनि १० करोड ३८ लाखबाट घटेर ७ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, ब्याज खर्च पनि २२ करोड ६४ लाखबाट घटेर २ करोड ८८ लाखमा झेरेको छ । आम्दानीसँगै खर्च पनि घट्दा नाफामा झिनो गिरावट देखिएको हो ।
चुक्ता पुँजी ३२ करोड ७ लाख १६ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड जम्मा छ । चुक्ता पुँजी भन्दा जगेडा कोष ४.२४ गुणा बढी छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ (वार्षिकीकरण) रहेको छ । प्रतिसेयर नेटवर्थ ३८४.३० रुपैयाँ छ ।

प्रकाशित : २८ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह