Logo

अर्थनीति

विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय


gdpnepal
   ४ फाल्गुन २०८१, आइतबार


काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।


नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।


दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।


उनले भने,‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको छ । संसदमा टेबुल भएका अध्यादेशहरुका विषयमा पनि छलफल भएको छ ।

 

खासगरी संसदमा विचाराधीन कयौं विधेयकहरू छन् जसमा दुवै सदनका महत्वपूर्ण देखिएका विधेयकहरुलाई निश्कर्षमा पुर्याउने र विधेयकहरु अगाडि बढाउने र एउटा बाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरुलाई पनि निश्कर्षमा पुर्याउने निर्णय गरिएको छ ।’

प्रकाशित : ४ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह