Logo

अर्थनीति

प्रभु साहलाई ओलीको जवाफ : के म मेनपावरको मान्छे हुँ ?


gdpnepal
   ४ फाल्गुन २०८१, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए ।

उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन् ।

उनले भने, ‘उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन् । संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन ?, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो ? तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो ? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन् । प्रश्नमा उत्तर बोकेर आउनु भएको छ । यहाँलाई धन्यवाद छ ।

सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो ? विदेशमा तिनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो ? अहिलेको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ?जस्ता प्रश्नहरु प्रधानमन्त्रीलाई गरेका थिए ।

‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ ?उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ ?ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो ? खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम कि असक्षम ? झण्डै ७० लाख भन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन् ।

श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ । नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो । संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन ? विदेशमा तिनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ?’उनको प्रश्न छ ।

प्रकाशित : ४ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह