काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको रुपैयाँ बराबरको भटमासनको तेल निर्यात हुँँदा समग्र निकासी व्यापार पनि १ खर्ब २७ अर्ब पुगेको छ ।
पुस मसान्तसम्म कुल निर्यात ९८ अर्ब ७८ करोड रहेकोमा माघमा यो १ खर्ब २७ अर्बमा उक्लिएको छ । गत वर्ष माघसम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
निर्यातमा दोस्रो नम्बरमा सूर्यमुखी तेलको बिउ तथा तेल छ । जसको परिमाण ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको रहेको छ । तेस्रो नम्बरमा कार्पेट रहेको छ । जुन ६ अर्ब ४६ करोड रुपैयाँ बराबर निर्यात भएको छ । चौथो नम्बरमा अलैँची निर्यात रहेको छ । जुन ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.०९ प्रतिशत धेरै हो । गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनामा सबैभन्दा धेरै रकम तिरेर डिजेल आयात भएको देखिन्छ । निर्यात र आयात दुवै सुधार भएको यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेर ११ खर्ब माथि पुगेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आवको यसै अवधिको तुलनामा निर्यात व्यापार ४६.५० प्रतिशतले बढी हो ।
व्यापार घाटा यस वर्ष ६.२० प्रतिशतले बढेर ८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया