काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यहि चैत २४ गते सकिंदैछ । योसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । यता, गभर्नर अधिकारी भने चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्नेछन् ।










प्रतिक्रिया