Logo

कर्पोरेट-बजार

कर्णालीका ८ महिला उद्यमी पुरस्कृत



GDP नेपाल
   २५ फाल्गुन २०८१, आइतबार


सुर्खेत । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारले प्रदेशका ८ महिला उद्यमीलाई पुरस्कृत गरेको छ ।


११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की नारायणी चौलागाइँ रहेका छन् ।


यस्तै बाख्रा फर्म चलाइरहेकी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, की गीताकुमारी पुन मगर, पोल्ट्री फार्म सञ्चालक कालिकोटको रास्कोट नगरपालिका–५, की सिता शाही, सिलाई कटाई उद्यमी दैलेखको नारायण नगरपालिका–६, की विन्दुकुमारी उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–२, की टेलर्स सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, की होजियारी उद्योग सञ्चालक सुजाता पाण्डेय रहेका छन् ।


उत्कृष्ट महिला उद्यमी बापतको रकमबाट उनीहरूलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत बिना थापाले बताइन् ।

त्यस्तै ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरकमा कालिकोटको महावै गाउँपालिकाले १ सय १५ जना एकल महलिाहरुलाई सम्मान गरेको छ । एकल भएर पनि समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने पालिकाका एकल महिलालाई गाउँपालिका अध्यक्ष खेमबहादुर सिंंहले सम्मान गरेको बताए ।

प्रकाशित : २५ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह