Logo

मुख्य समाचार

७ अंकले घट्यो सेयर बजार, ४ अर्ब ३४ करोडको कारोबार


GDP नेपाल
   ४ चैत्र २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ७.६६ अंकले घटेर दुई हजार ६९७.०४ विन्दुमा पुगेको छ ।




बैंकिङ २, विकास बैंक २४, फाइनान्स ४, होटल तथा पर्यटन २३, हाइड्रोपावर ६, जीवन बीमा ९५, निर्जीवन बीमा ६८, माइक्रोफाइनान्स १५, उत्पादन १७ र व्यापार उपसमूह २७ अंकले घटेको छ ।
त्यस्तै, आज अन्य उपसमूह भने २ अंकले बढेको छ ।


आज सामूदायीक लघुवित्त वित्तिय संस्थाको सेयर ८.२१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज मिथिला लघुवित्तको सेयर ९.९६ प्रतिशतले बढेको छ ।


यस दिन ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर ४ अर्ब ३४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह