काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.३८ अंकले घटेर दुई हजार ६६९.७६ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ११, फाइनान्स ३५, होटल तथा पर्यटन ३३, हाइड्रोपावर २२, निर्जीवन बीमा १२१, माइक्रोफाइनान्स २७, उत्पादन ५२, व्यापार १३ र अन्य उपसमूह १४ अंकले घटेको छ । त्यस्तै, आज जीवन बीमा उपसमूह भने ४ अंकले बढेको छ ।
आज मिथिला लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज दोल्ती पावर कम्पनीको सेयर साढे ७ प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको ९५ लाख कित्ता सेयर ४ अर्ब ५६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया