काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३०.५२ अंकले बढेर दुई हजार ६४५.२० विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ४३, फाइनान्स ९३, होटल तथा पर्यटन ७४, हाइड्रोपावर ३४, जीवन बीमा २१५, निर्जीवन बीमा ७४, माइक्रोफाइनान्स ४३, उत्पादन ५७, व्यापार ६२ र अन्य उपसमूह ४४ अंकले बढेको छ ।
आज गार्डीयन माइक्रो लाइफको सेयर सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज अप्पर हेवाखोला हाइड्रोपावरको सेयर ४.९२ प्रतिशतले घटेको छ ।
यस दिन ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर ४ अर्ब ४८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया